वैदेशिक रोजगारीमा जाने घटे, रेमिट्यान्स आप्रवाहमा ८.६ प्रतिशतले वृद्वि

13 April, 2021

मुकुन्द गैरे

काठमाडौं, चैत्र ३० गते । पछिल्लो समय कोरोनाको कारण वैदेशिक रोजगारीमा जाने संख्या घटे पनि रेमिट्यान्स आप्रवाह भने बढिरहेको देखिएको छ । गत आ.व को आठ महिनाको तुलनामा यस आर्थिक वर्षमा रेमिट्यान्स आप्रवाहमा ८.६ प्रतिशतले वृद्वि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङक अनुसार आठ महिनाको अवधिमा छ खर्व ४२ अर्व भन्दा बढी रेमिट्यान्स आप्रवाह भएको छ । 

अघिल्लो आ.वमा पाँच खर्व ९१ अर्व रेमिटयान्स भित्रिएको थियो । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको आठ महिनाको तथ्याङक अनुसार वैदेशिक रोजगारीमा जानेको संख्या करिब ७४.८ प्रतिशत गिरावट देखिएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026