वैदेशिक रोजगारीको लागि पुनः श्रम स्वीकृति खुल्ला, स्वास्थ्य परीक्षण गर्नुपर्ने

2 July, 2020

सरकारले वैदेशिक रोजगारको लागि पुनः श्रम स्वीकृति खुल्ला गरेको छ।

बिहीबार दिउँसो १ बजेदेखि पुनः श्रम स्वीकृति खुल्ला गरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार प्रसाद दाहालले जानकारी दिए।

वैदेशिक रोजगार कार्यालय ताहाचलमा आजैबाट र प्रदेश कार्यालयहरुमा आइतबारदेखि सेवा लिन सकिने उनले जानकारी दिए। 

‘करार अवधि बाँकी रहेका, विदामा नेपाल फर्किएर लकडाउनको कारण अड्किएकाहरुलाई सहज होस भनेर पुनः श्रम स्वीकृति खुल्ला गरेका हौं,’ दाहालले सेतोपाटीसँग भने ‘पुनः श्रम स्विकृती लिन आउँदा मेडिकल प्रोटोकल पुरा गरी कोरोना परिक्षणको प्रमाण साथमा हुनुपर्ने छ।’

पुनः श्रम स्वीकृति पछि रोजगारदाता कम्पनीले नेपाल आएका चार्टर्ड फ्लाइटसँग समन्वय गरेर कामदार लान सक्ने उनले बताए। 

कोरोनाको महामारीको कारण गत फागुन २९ गतेदेखि श्रम स्वीकृति रोकिएको थियो।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024