काठमाडौं : वैदेशिक रोजगारीको प्रलोभन देखाए ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीको प्रलोभनमा नागरिकलाई ठगी गर्ने गिरोहका तीन जनालाई पक्राउ गरेको हो।
बेरोजगार युवायुवतीलाई आकर्षक तलब र सुविधाको लोभ देखाएर विभिन्न देशमा रोजगारीका लागि पठाइदिन्छु भनी ठगी गर्ने ३१ वर्षीय अशोक मोक्तान, ३२ वर्षीय टेकबहादुर घर्ती मगर र ४५ वर्षीय बिमल आलेलाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए।
उनीहरूमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।