वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको आरोपमा काठमाडौंबाट तीन जना पक्राउ

22 January, 2025

 वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ३१ लाख ठगी गरेको अभियोगमा तीन जनालाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको छ ।

बाग्लुङ ताराखोला गाउँपालिका–३ का तिलकबहादुर कार्की, प्युठान नौबहिनी गाउँपालिका–६ का हरिबहादुर बिष्ट र स्याङ्जा गल्याङ नगरपालिका–८ की जमुना परियारलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले सोमबार अपाह्न पक्राउ गरेको हो ।

अभियुक्त परियारले २८ लाख, कार्कीले एक र बिष्टले दुई लाख ठगेको केन्द्रीय प्रहरी समाचारकक्षले मंगलबार जानकारी गराएको छ ।

उनीहरूलाई थप कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026