वैदेशिक रोजगारीका पीडितलाई न्याय दिलाउन प्रहरीलाई अभिमुखिकरण

14 March, 2018

वैदेशिक रोजगारीका क्रममा आईपर्ने समस्याको व्यवस्थापन र पीडितलाई न्याय दिलाउन खोटाङमा प्रहरीलाई अभिमुखिकरण गरिएको छ ।बालसेवा समाज नेपाल नेर्पा खोटाङले सञ्चालन गरेको सुरक्षित आप्रवासन परियोजना सामीको विद्यालय तथा आमसञ्चार कार्यक्रम अन्तर्गत प्रहरीलाई एक दिने अभिमुखिकरण गरिएको हो । ३१ जना प्रहरी सहभागी भएको कार्यक्रममा सामीका जिल्ला कार्यक्रम संयोजक भक्तकुमार राईले जिल्लाको वैदेशिक रोजगारीको स्थिती र जिल्लामा सामी परियोजनाले गरेको प्रयासका बारेमा जानकारी गराउनुभएको थियो ।

 

प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले जिल्लाको वैदेशिक रोजगारको अवस्थाको बारे बताएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक चन्द्रभुषण यादवले वैदेशिक रोजगार सम्बन्धी ऐन, कानुनी व्यवस्था, नीतिका बारे जानकारी गराउनुभएको थियो । 

 

वैदेशिक रोजगारीका कारण समस्यामा परेकाहरु प्रहरीमै आउने भएकाले प्रहरीलाई पनि सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सुचना तथा जानकारी गराइएको परियोजनाले जनाएको छ । 

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024