वैदेशिक रोजगारमा जानेले ‘भिजिट नेपाल’को टिर्सट वा क्याप लगाउनु पर्ने

27 December, 2019

वैदेशिक रोजागारीमा जानेले ‘भिजिट नेपाल २०२०’को टिर्सट वा क्याप अनिवार्य लगाउनु पर्ने भएको छ। ‘भ्रमण वर्ष २०२०’ लाई प्रवर्द्धन गर्न नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा आवद्ध सदस्य संस्थाबाट रोजगारीमा जाने कामदारलाई अनिवार्य रूपमा नेपाल भ्रमण वर्ष २०२० को लोगोअंकित टिसर्ट वा क्याप उपलब्ध गराउन अनुरोध गरिएको संघले जनाएको छ।

त्यस्तै इजाजतपत्रवाला वैदेशिक रोजगार व्यवसायीहरुले आ-आफ्नो कार्यालयमा भ्रमण वर्ष २०२० को लोगो राख्नुको साथै कम्पनीको कार्यालयमा प्रयोग गरिने लेटरप्याड, भिजिटिङ कार्ड, व्यवसायीको इमेलमा लगायतका अफिसियल सामग्रीमा नेपाल भ्रमण वर्षको लोगो राख्ने संघले निणर्य गरेको छ। संघले दशरथ रंगशालामा हुने भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा १०० जनाको मार्च पाससमेत गर्न लागेको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026