विभिन्न देश पठाइदिन्छु भन्दै एक करोड ९२ लाख ठगी गर्ने पक्राउ

8 July, 2025

प्रशान्त माली

काठमाडौँ — प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–६ बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका–६ घर भएका फिन्चु लामा र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने संखुवासभा खाँदबारी नगरपालिका–३ घर भएका उत्तम खड्का रहेका छन् ।

प्रहरीका अनुसार लामाले लिथुआनिया, रोमानियालगायतका देश पठाइदिन्छु भन्दै ४५ जनाबाट १ करोड ८० लाख ९३ हजार रुपैयाँ र खड्काले सर्बिया पठाइदिन्छु भन्दै पीडितबाट २ लाख रुपैयाँ लिई सम्पर्कविहीन बनेका थिए ।

उनीहरूलाई पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले काठमाडौंको विभिन्नस्थानबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024