विदेश पठाउने भन्दै लाखौ ठगी गर्ने दुईजना पक्राउ

28 July, 2019

किशोर बुढाथोकी

वैदेशिक रोजगारको नाममा ठगी धन्दा मौलाइरहेको बेला लाखौं रूपैयाँ ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।वैदेशिक रोजगारमा पठाउने भन्दै रोजगारमा जानेहरूसँग पैसा लिएर ठगी गरेको आरोपमा बर्दियाको ठाकुरबाबा नगरपालिका–३ का राम थारू र सुनसरी बराहक्षेत्र नगरपालिका–६ का प्रजापति काफ्ले पक्राउ परेका हुन् ।

श्रम तथा रोजगार कार्यालय विराटनगरले पक्राउ पूर्जी जारी गरेपछि थारूलाई काठमाडौंको वानेश्वर र काफ्लेलाई उनकै निवास बरहा क्षेत्रबाट प्रहरीले पक्राउ गरी आइतबार श्रम कार्यालय उपस्थिति गराएको वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले जानकारी दिए ।

उनले पक्राउ परेका थारूले आकर्षक तलब हुने भन्दै विभिन्न देशमा पठाइदिने भन्दै धरानका दुईजना युवाबाट १७ लाख रूपैयाँ ठगी गरेको बताए ।

धरान–१५ का पिण्डेश्वरी चोकका प्रकाश तामाङ र सुरज श्रेष्ठलाई पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको खुलेको छ । पक्राउ परेका थारू एजेन्डको रूपमा काम गर्ने गरेको बताइएको छ । उनले वेरोजगार युवाहरूलाई विदेश पठाइदिने भन्दै रकम असुली गर्ने धन्दामा लागेको पीडितहरू बताउँछन् ।

काफ्लेलाई साउन ९ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीले र थारूलाई पनि सोही दिन महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरी श्रम कार्यालयमा आवश्यक कारवाहीको पठाएको थियो ।

यस्तै प्रजापतिले १३ जनालाई विभिन्न देश पठाउने भन्दै ७० लाख रूपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरेको सञ्जेलले बताए । प्रजापतिका छोरा आशिषले ग्रिसमा बसेर रोजगारको नाममा ठगी धन्दा चलाएको खुलेको उनले बताए ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024