विदेश पठाउने नाममा ३० लाख ठगी आरोपमा ३ जना पक्राउ

21 January, 2025

वैदेशिक रोजगारीमा विदेश पठाउने नाममा ३० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बाग्लुङको ताराखोला गाउँपालिका–३ का ३४ वर्षीय तिलकबहादुर कार्की, प्युठानको नौबाहिनी गाउँपालिका–६ का ३६ वर्षीय हरिबहादुर बिष्ट र स्याङ्जाको गल्याङ नगरपालिका–८ कि ३४ वर्षीया जमुना परियार छन् ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

कार्कीले युके पठाउने भन्दै एक जनाबाट १ लाख, बिष्टले अमेरिका पठाउने भन्दै दुई जनाबाट २ लाख र परियारले अष्ट्रेलिया पठाउने भन्दै एक जनाबाट २८ लाख रुपैयाँ ठगी गरेको आरोप छ ।

पक्राउ परेका तीनै जनालाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको प्रहरीले जनाएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024