विदेश पठाइदिने भन्दै ४८ लाख ८० हजार ठग्ने दुई पक्राउ

20 March, 2018

दिवाकार झा

कुवेत पठाइदिने भनेर ४८ जना ठगेको आरोपमा परमेश्वर सिंह र उमेश कटुवाललाई प्रहरीले पक्राउ गरेको छ । सर्लाहीको हरिवन नगरपालिकाको मोहनपुरका परमेश्वर र बरथहवाका उमेशले कुवेतमा ड्राइभरको काममा पठाउने भन्दै ४८ जना मध्ये १४ जनासँग २० हजार रुपैयाँका दरले लिएका थिए ।

बाँकी ३६ जनासँग एक लाख २५ हजार गरी ४८ लाख ८० हजार रुपैयाँ लिएको पीडितले बताएका छन् । उनीहरुले सोमबार उडान हुन्छ भनेर पीडितलाई काठमाडौं बोलाएका थिए । तर काठमाडौंमा गएर फोन गर्दा परमेश्वर र उमेशको फोन नलागेपछि पीडितले दिएको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

 

उनीहरुले ४८ जनालाई नै बजाज ओभरसिज प्रालिबाट कुवेत पठाउने बताएका थिए । तर यो म्यानपावरको बारेमा बुझ्दा २०६५ सालमा नै खारेज भएको वैदेशिक रोजगार विभागले जनाएको छ । परमेश्वर र उमेशले ४८ जनालाई नै बजाज म्यानपावरको नाममा पैसा लिएको रसिद काटेका छन् ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024