विदेश जाने कामदारसँग बढी शुल्क लिँदै गर्दा एकजना पक्राउ

31 May, 2018

बसुन्धरास्थित दि सेन्टर ओभरसिज कन्सर्न प्रालिकी जनसम्पर्क व्यवस्थापक बालकुमारी राई कामदारसँग तोकिएकोभन्दा बढी शुल्क उठाउँदा-उठाउँदै पक्राउ परेकी छिन् ।

 

एक कतार जाने कामदारसँग ९० हजार अतिरिक्त रकम लिँदै गर्दा उनी पक्राउ परेकी हुन् । कामदारसँग बढी रकम मागेको जानकारी पाएपछि वैदेशिक रोजगार विभागको अनुगमन टोली खटिएको थियो ।

 

शाखा अधिकृत माधवप्रसाद ढकालको नेतृत्वमा गएको टोलीले रंगेहात राईलाई पक्राउ गरेको हो । यसबारे छानविन गर्न इन्दु घिमिरेलाई अनुसन्धान अधिकृत तोकिएको विभागले जनाएको छ ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026