विदेशमा रहेका विद्यार्थीलाई नेपालबाट पैसा पठाउन फुकुवा

29 Mar, 2020

 

सेतोपाटी संवाददाता

सरकारले विदेशमा रहेका नेपाली विद्यार्थीलाई नेपालबाट पैसा पठाउन फुकुवा गरेको छ। यसअघि शिक्षा मन्त्रालयले जारी गर्ने ‘नो अब्जेक्सन लेटर’ नभई पैसा पठाउन नपाइने व्यवस्था थियो। 

सरकारले कोरोना भाइरसका कारण विदेशमा रहेका नेपाली विद्यार्थीको दैनिकी सहज पार्न पैसा पठाउन सकिने व्यवस्था गरेको हो। 

शिक्षा मन्त्रालयले उक्त लेटर नभए पनि पैसा पठाउन सकिने व्यवस्था गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए।

अमेरिका, अष्ट्रेलिया, जापान तथा युरोपियन मुलुकमा रहेका नेपाली विद्यार्थीहरूले कोरोनाका कारण काम गुमाएका छन्। काम नभएकाले उनीहरूलाई कलेजको शुल्क तिर्न नसक्ने अवस्था भएपछि सरकारले नेपालबाट पैसा पठाउन सकिने व्यवस्था गरेको हो। 

सरकारले कति रकम पठाउन सकिने भन्ने विषयमा कुनै सीमा तोकेको छैन। 

तर विदेशी मुद्राको भुक्तानी सन्तुलन मिलाउन सरकारले ५० हजार डलरभन्दा माथिको सवारी साधन आयातमा प्रतिबन्ध लगाएको छ। 

त्यस्तै विदेशबाट मदिरा आयात प्रतिबन्धित छ। सरकारले दैनिक पैठारी गरिने सुनको सीमा २० किलोबाट कम गरेर १० किलो कायम गरेको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024