विदेशमा मृत्यु भएका कामदारका परिवारलाई अव सात लाख

1 August, 2017

उत्तम काप्री 

सरकारले वैदेशिक रोजगारको शिलसिलामा विदेशमै मृत्य भएका कामदारको परिवारलाई दिँदै आएको राहत तथा क्षतिपूर्ति रकममा वृद्धि गरेको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोडले वैदेशिक रोजगार विनियमावाली संशोधन गर्दै मृत परिवारले पाउँदै आएको क्षति पूर्ति रकममा चारलाख वृद्धि गरेको छ ।

पीडित परिवारले पाउँदै आएको तीन लाख रुपैयाँमा थप चार लाख गरी सात लाख पुरयाएको बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले जानकारी दिए ।पीडित परिवारले पाउने रकममा वृद्धि गरेसँगै सरकारले कामदारसँग लिने दस्तुर पनि वृद्धि गरेको छ ।

 

सरकारले अब साउन १६ गतेबाट वैदेशिक रोजगारीका लागि विदेश जाने कामदारसँग लिँदै आएको एक हजार रुपैयाँलाई बढाएर १५ सय र २५ सँय रुपैयाँ समेत बनाएको छ ।सरकारले पीडितलाई राहत तथा उद्धारका लागि उपलब्ध गराउने रकम व्यवस्थापनका लागि खडा गरेको कल्याणकारी कोष वापतको रकम बढाएको हो ।अब तीन वर्ष भन्दा कम समयमा लागि श्रम स्वीकृत लिइ विदेश जानेसँग १५ सय र तीन वर्षभन्दा बढी समयमा लागि श्रम स्वीकृत लिनेसँग २५ सय लिने भएको छ । यसअघि सबै किसिमका श्रम स्वीकृति लिनेका लगि एक हजार मात्रै शुल्क थियो ।

 

अहिले दैनिक नेपालबाट २ हजारको संख्यामा युवा रोजगारीकै लागि विदेश गइरहेको छन् । गत आवमा मात्रै ६ लाख ४० हजार भन्दा बढी युवा कामकैलागि विदेश पलाएन भएका छन् । यसरी विदेश पलायन हुने युवा मध्ये दैनिक सरदर चार वटा मृतक शरिर नेपाल आउने गरेको छ । सरकारी यो निर्णयले वार्षिक करीव एक हजार मृतक कामदारका परिवारले राहत रकम पाउने आकलन गरिएको छ। गत आर्थिक बर्ष ०७३ ०७४ मा वोर्डबाट नौ सय ७२ जना मृतक तथा अंगभंग भएका कामदारका परिवारलाई २५ करोड ८५ लाख रुपैया उपलब्ध गराइएको थियो । बोर्डले न्युनतम १५ हजारदेखि अधिक्तम तीन लाख रुपैया उपलब्ध गराउँदै आएको थियो ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026