विदेशमा बेखर्ची भएकालाई फर्काउन सरकारले छुट्टै कार्यविधि बनाउने

19 June, 2020

विदेशमा रहेर बेखर्ची भएका नेपाली नागरिकलाई स्वदेश फर्काउनका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छुट्टै कार्यविधि बनाउने भएको छ।

कोभिड १९ संकट व्यवस्थापन केन्द्र(सिसीएमसी)ले रोजगारदाता कम्पनी तथा सम्बन्धित देशले नेपाल फर्किनका लागि खर्च नबेहोर्ने तथा आफ्नै खर्चमा पनि फर्किन नसक्ने अवस्थामा पुगेका नेपाली नागरिकलाई उद्धार गर्नका लागि मन्त्रालयले तत्काल छुट्टै कार्यविधि बनाएर कार्यान्वयन गर्ने निर्णय गरेको छ।

यसअघि सर्वोच्च अदालतले सरकारका नाममा आदेश दिंदै वैदेशिक रोजगरीमा गएर कम्पनीले पनि खर्च नदिने आफै पनि आउन नसक्ने नागरिकलाई फर्काउनका लागि छुट्टै कार्यविधि बनाउन भनेको थियो।

वैदेशिक रोजगारी तथा अध्ययनका लागि अनुमति दिने

सिसीएमसीले रोजगारी तथा अध्ययनका लागि विदेश जान चाहने नेपाली नागरिकलाई अनुमति दिने निर्णय गरेको छ। 

वैदेशिक रोजगारीमा रही विदामा नेपाल आएका तथा नयाँ रोजगारीका लागि जाने नेपाली नागरिकलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सिफारिसमा अनुमति दिने निर्णय केन्द्रले गरेको छ।

त्यस्तै अध्ययनका लागि जानेहरुका हकमा शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिस चाहिने छ। तर यसरी अनुमति दिंदा कोभिड १९ को रिपोर्ट आवश्य पर्ने भएमा स्वयम व्यक्तीले नै गर्नुपर्ने छ। प्रचलित जनस्वास्थ्य प्रोटोकल पालना गर्नेगरीमात्र त्यस्तो अनुमति दिइने सिसीएमसीको निर्णय छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024