विदामा नेपाल आएर रोकिएका नेपाली साउदी फर्कन पाउने

18 September, 2020

मुकुन्द गैरे

काठमाडौं, असोज १ गते । साउदी अरबबाट विदामा नेपाल आएर रोकिएका कामदार साउदी फर्कन पाउने भएका छन् । साउदीस्थित नेपाली राजदूतावासले आज एक सूचना जारी गर्दै यही सेप्टेम्बर १५ बाट लागू हुने गरीे भीसाको म्याद भएका आप्रवासी कामदार र अन्य नागरिकहरु तोकिएका मापदण्ड पूरा गरेर साउदी अरब फर्किन सक्ने पाउने भएको जानकारी दिएको हो ।विदा तथा पुनः आगमन भीसामा स्वदेश गएका नेपाली प्रकृया पूरा गरी साउदी अरब फर्कन पाइने भएको दूतावासले स्पष्ट पारेको छ ।

विदाबाट फर्किने वा पुन आगमन भीषमा गएकाहरुले आफनो कम्पनीले आउन अनुमति दिएको कागजात नो अब्जेक्शन लेटर अनिवार्य रुपमा प्राप्त गर्नु पर्नेछ । कम्पनीले आउने अनुमति नदिदासम्म रि इन्ट्री भिसा भएकै आधारमा यात्रा नगर्न दूतावासले अनुरोध गरेको छ ।

बिदाबाट फर्किने वा पुनः आगमन भिसा गएका तर नेपाल सरकार वैदेशिक रोजगार कार्यालयले प्रदान गरेको श्रम स्वीकृतिको म्याद सकिन लागेकाहरुले श्रम स्वीकृत लिएर आउन दूतावासको अनुरोध छ । यसका लागि रोजगारदाता कम्पनीले अनुमति दिएको कागजात नो अब्जेक्शन लेटर उक्त कम्पनीले आफनो आधिकारिक इमेलबाट वैदेशिक रोजगार कार्यालयको इमेलमा पठाउनुपर्नेछ ।

कागजात र प्रक्रिया पूरा गरेका नेपालीहरुले साउदी अरब आइपुग्ने अवधिको ४८ घण्टा भित्रको समय रहने गरी नेपाल सरकारको अनुमति प्राप्त स्वास्थ्य मन्त्रालय संस्था वा प्रयोगशालाबाट पिसीआर परीक्षण गरी परीक्षण रिर्पोट नेगेटिभ भएको प्रमाणपत्र अनिवार्य बोडिङको समय र साउदी विमानस्थलमा आगमनका समयमा देखाउनु पर्ने छ ।

साउदी अरब आउने यात्रुहरुले साउदी कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम सम्बन्धमा अपनाएका स्वास्थ्य सम्बन्धी सवै व्यवस्थाहरु पालना गनुपर्नेछ भने एअरपोर्टमा आगमन पश्चात कागजातमा हस्ताक्षर गर्नु अनिवार्य छ ।

साउदी सरकारका सम्बन्धित निकायहरुबाट प्राप्त जानकारी अनुसार अकमा वा भीसाको म्याद सकिएकाहरुको हकमा सेक्टेम्बर ३०, सम्म अकमा र भीसा स्वत नवीकरण हुनेछ दूतावासले बताएको छ । अक्टोवर २०२० पछिका लागि साउदी सरकारले गर्ने निर्णय उपयूक्त समयमा जानकारी गराइने दूतावासले बताएको छ । साथै अर्को निर्णय नभएसम्म नयाँ भीसा स्ट्याम्पिङ नहुने बुझिएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024