वर्किङ भनेर भिजिट भिसामा विदेश पठाएको आरोपमा महिला पक्राउ

3 April, 2019

प्रहरीले वर्किङ भन्दै भिजिट भिसामा वैदेशिक रोजगारीका लागि मान्छे पठाएको अरोपमा एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर घर भइ सामाखुशी बस्दै आएकी विमला थापा छिन् । महानगरीय अपराध अनुसन्धान महाशाखाका एसपी केदार ढकालका अनुसार वैदेशिक रोजगारीका लागि विदेश जाने व्यक्तिलाई वर्किङ भिसामा पठाउने भनेर झुक्याएर भिजिट भिसामा विदेश पठाउने कार्यमा संलग्न भएको खुलेपछि उनलाई पक्राउ गरिएको हो ।

 

उनी पिंगलास्थानमा रहेको कम्पास रिक्रुटमेन्ट मेनपावर कम्पनीमा काम गर्थिन् । उनले प्रतिव्यक्ति २ लाख ४० हजार रुपैयाँसम्म लिएको खुलेको प्रहरीको भनाइ छ ।यसअघि धनुषाका मोहम्मद गुलाम राइन र सबिर राइनलाई नेपाल वायु सेना निगमको उडानमार्फत दुबई जान लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागले राकेको थियो ।त्यसपछि उनीहरुलाई वर्किङ भिसामा नभई भिजिटमा मात्र विदेश पठाउन खोजिएको खुलेको थियो । त्यसैले ठगी कसुर अन्तरगत जाहेरी लिएर प्रहरीले अनुसन्धान थालेको थियो ।थापाबाट अन्य व्यक्ति पनि ठगिएको हुनसक्ने आशंकामा प्रहरीले जानकारी गराउन आह्वान गरेको छ ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024