लागू भयो‍ विदेशमा ज्यान गुमाएका श्रमिकका परिवारलाई १० लाख आर्थिक सहायता 

28 October, 2024

वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका मृतकका परिवारका लागि बढाइएको आर्थिक सहायता लागू भएको छ।

कात्तिक ८ गते राजपत्रमा सूचना प्रकाशित गरी बढाएर १० लाख रूपैयाँ पुर्‍याइएको आर्थिक सहायता लागू भएको हो।

यसअघि आर्थिक सहायता सात लाख रूपैयाँ प्रदान गरिन्थ्यो।

वैदेशिक रोजगार नियमावली छैटौं संसोधनमार्फत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सहायता रकम बढाएको हो।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024