रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु

11 June, 2024

रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु भएको छ। लमजुङ घर भएका २० वर्षीय सन्देश थापाको मृत्यु भएको हो। उनी अघिल्लो सालको कार्तिक महिनामा रुसी सेनामा भर्ती भएका थिए।

उनको यही जेठ २२ गते मंगलबार रुसी-युक्रेन युद्धमा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

२०६० साल भदाै ११ गते जन्मिएका सन्देशले लमजुङको सुन्दरबजार नगरपालिका-९, फेदिकुना स्थित लालीगुराँस अङ्ग्रेजी बोर्डिङबाट २०७७ सालमा एसइई परीक्षा समेत दिएका थिए।

सन्देशसहित रूसी सेनामा कार्यरत ४१ जनाका परिवारले मृतकहरूको दाहसंस्कार गरिसकेका छन्। यता नेपाल सरकारले भने अहिलेसम्म जम्मा २३ जनाको मात्र मृत्यु भएको पुष्टि गरेको छ।

रूसी सेनामामा भर्ती भएर रुसी-युक्रेन युद्धमा सहभागी हुने नेपालीहरूको संख्या बढ्दो छ। पछिल्लो समय धेरै नेपाली युवाहरूले युद्धमा ज्यान गुमाइसेकेका छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024