रुखले किचेर भारतमा २ नेपालीको मृत्यु

18 August, 2019

सुरेशराज न्यौपाने

भारतको हिमाचल राज्यमा रुखले किच्दा २ नेपालीको मृत्यु भएको छ । हिमाचलको नारकन्दा जिल्लामा विगत दुई दिनदेखि भएको वर्षाले रुख ढलेर घाइते सात जना नेपालीमध्ये २ को मृत्यु भएको हो । उनीहरू सबैजना मजदुरी गर्दै आएका थिए ।मृत्यु हुनेमा बाँके विनाउना चिलहरियाका सन्तबहादुर पुन मगर र अर्जुन बुढा मगर छन्।

अन्य घाइतेहरुमा भीमबहादुर, कृष्ण, रणवीर, रमन, समीर छन्।घाइतेहरु सबै राप्तिसोनारी गाउँपालिका-४ का बासिन्दा हुन् । उनीहरूको अवस्था चिन्ताजनक रहेको बताइएको छ। आइतबार बिहान उनीहरू बस्दै आएको घरमाथि रुख ढलेको थियो। घाइतेहरुलाई तत्कालै सीमलाको इन्दिरा गान्धी मेडिकल कलेज पुर्‍याइएको थियो।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024