वैदेशिक रोजगारीका लागि कुक आइल्याण्ड पठाइदिन्छु भनी ठगी गरेको आरोपमा ३१ वर्षीय युवक पक्राउ परेका छन्।
ठगी आरोपमा प्रहरीले रामेछापको खाँडादेवी गाउँपालिका– १ घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ बस्ने रोजबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो।
श्रेष्ठले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि कुक आइल्याण्ड लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखी विदेश नपठाई सम्पर्कविहीन भएको पीडितको जाहेरीमा उल्लेख छ।
कागेश्वरी मनोहरा– ७ बाट पक्राउ परेका उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको प्रहरीले जनाएको छ।