राहदानी जम्मा नगर

6 Mar, 2013

वैदेशिक रोजगार विभागले इजरायल पठाउन भनी कामदारसँग राहदानी संकलन नगर्न म्यानपावर कम्पनीहरूलाई आग्रह गरेको छ। विभागले एक विज्ञप्ति जारी गर्दै इजरायल पठाउन भनि कसैसँग पनि रकम संकलन नगर्न तथा नबुझाउन भनेको छ। इजरायल वैदेशिक रोजगारका लागि इजाजतप्राप्त मुलुक भए पनि कामदार पठाउने सम्बन्धमा दुई देशको सरकारबीच छलफल भइरहेको हुँदा अर्को सूचना प्रकाशन नहुन्जेलसम्म यस्तो कार्य नगर्न विभागले आग्रह गरेको छ। 

‘कामदार पठाउने विषयमा नेपाल र इजरायल सरकारबीच सम्बन्धित तहमा छलफल भइरहेको छ,’ विज्ञप्तिमा छ, ‘विभागको आधिकारिक सूचना जारी नभएसम्म कुनै पनि इजाजत प्राप्त वैदेशिक रोजगार व्यवसायी संस्था तथा प्रतिनिधिहरूबाट इजरायलका लागि राहदानी जम्मा गर्ने, रकम संकलन गर्ने, रकम बुझाउने लगायत कुनै पनि गतिविधि नगर्न तथा नगराउन जानकारी गराइन्छ।’

 Published on: 6 March 2013 | Nagarik

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024