रमजानमा १४ जना नेपालीलाई आममाफी

9 Aug, 2013

होम कार्की

रमजानको अवसरमा कतारी अमिरले सेन्टर जेलमा रहेका १४ नेपालीलाई आममाफी दिएका छन् । कतार जेलमा ४३ नेपाली विभिन्न अभियोगमा छन् । आममाफी पाएकालाई प्रक्रिया पुर्‍याएर सिआइएफडी हुदै नेपाल डिपोर्ट गरिने कतारस्थित नेपाली दुताबासले जनाएको छ । नेपाली दूतावासका अनुसार आममाफी पाउने शंकरप्रसाद न्यौपाने, गोविन्दा धिमाल, खुम विश्वकर्मा, पवनकुमार कापर, दीपेन्द्र यादव, बिहारीलाल गुप्ता, पुष्पराज आचार्य, दुर्गा विश्वकर्मा, राजुबाल कोटी, राम बुढाथोकी, सन्जी सहिदेन, कुमार श्रेष्ठ, रामदास धोबी, देवीलाल काफ्ले र लोकबहादुर बोहरा रहेका छन् ।

आममाफी पाउनेमा पाँच वर्षदेखि तीन महिनासम्म जेल सजाय सुनाइएकाहरू छन् । सबैभन्दा धेरै सजाय पाएका गोविन्दा धिमाल हुन् । अवैध मुद्राको कारोबार गरेको भन्दै उनलाई पाँच वर्ष जेल र १५ हजार रियाल जरिवाना तोकेको थियो । उनलाई सन् २०११  मार्च २७ बाट जेलमा राखिएको थियो । चार बर्ष जेल सजाय पाएका शंकरप्रसाद न्यौपानेले सन् २०११ अपि्रल ३ गतेबाट कैद भएका थिए । उनी चोरी र फर्जी मुद्दा लागेको थियो । खुम विश्वकर्माले चोरी मुद्दामा दुई वर्ष सजाय पाएका -२०१२ नोभेम्बर १०) थिए भने लागूऔषधको प्रयोग गरेको मुद्दामा पवनकुमार कापरलाई एक वर्ष जेल र १० हजार जरिवाना तोकिएको थियो । एक वर्षको सजाय पाएकाहरू दीपेन्द्र यादव, बिहारीलाल गुप्ता, पुष्पराज आचार्य, दुर्गा विश्वकर्मा, राजुबाल कोटी, राम बुढाथोकी, सन्जी सहिदेन, कुमार श्रेष्ठ, देवीलाल काफ्ले छन् । उनीहरू सबै चोरीमै जेल परेका थिए । सम्पत्ति कमाउनका लागि अवैध मदिरा बेचबिखन गरेकोमा लोकबहादुर बोहराले एक वर्षको सजाय पाएका थिए । सबैभन्दा कम तीन महिनाको सजाय रामदास धोबीले पाएका हुन् ।

जूनमा ३२ जनाको मृत्यु

जून महिनामा मात्रै वैदेशिक रोजगारीका लागि कतार आएका ३२ नेपालीको विभिन्न घटनामा परी मृत्यु भएको छ । नेपाली दूतावासका अनुसार सबैभन्दा बढी -१७) नेपाली हृदयाघातबाट मरेका छन् भने १३ जनाको सडक दुर्घटनामा परी मृत्यु भएको हो । यस्तै, एक जना क्यान्सर, र अर्को एक जनाको करेन्ट लागेर ज्यान गएको हो । क्यान्सर रोग लागेर ज्यान जानेमा मानबहादुर बराली रहेको छन् । यसअघि क्यान्सर लागेर ज्यान जाने नेपाली नभएको दूतावासले जनाएको छ ।

हृदयाघात भएर ज्यान जानेमा मानसिंह घले, यज्ञबहादुर विश्वकर्मा, भीमदेव थापा, रबिन डिम्डुङ, दीपक कोइराला, इस्लाम धुनियाँ, शंकरसिंह योञ्जन,  गणेशबहादुर कटुवाल, अमबहादुर गुरुङ, शशिकुमार चौधरी, दुखीलाल पासमान, कमल खत्री, सोमबहादुर थापा मगर, भीमबहादुर बगाले, गणेश विक र शिवकुमार श्रेष्ठ रहेका छन् ।  जयकृष्णा सिंह मस्तिष्क पक्षघात भएर ज्यान गएको हो।

त्यस्तै, प्रदीप मगरको विद्युतीय झड्का लागेर ज्यान गएको हो । निमबहादुर यात्रीका लडेर मृत्यु भएको हो । सडक दुर्घटनामा परेर ज्यान जानेमा वैद्यनाथ पण्डित, जापल धिमाल, कृष्णप्रसाद  राजवंशी,  चेतबहादुर पाठक, रामचन्द्र महत्तो कोइरी, विवेकानन्द शाह, रेशबहादुर एकतेन, पठवरी चौधरी, आशराम थारु, अर्जुन गौतम रहेका छन् । बृद्धिमान डिम्डुङ घाइते भएर ज्यान गएको हो।

पिठुवा ८, चितवनका डिम्डुङ मिक्सरमा च्यापियर मृत्यु भएकालाई कम्पनीले मिक्सर चालकलाई बचाउन र बिमा रकम तिर्नु नपर्ने गरी हृदयाघातबाट ज्यान गएको भनेर प्रहरीलाई भनेको थियो।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024