यूएई प्रमाणीकरणको जिम्मा वीसीएन ट्राभल्सले पनि पायो

28 March, 2018

यूएईको भीषाका लागि आवश्यक पर्ने असल चालचलन सम्बन्धी प्रहरी प्रमाणपत्रको प्रमाणीकरण गर्न थप एक ट्राभल्सले नेपालस्थित यूएई दूतावासबाट अख्तियारी पाएको छ । राजधानीको नागपोखरीस्थित वीसीएन ट्राभल्स एण्ड टुर्स प्रालिले अख्तियारी पाएकोे हो । उक्त ट्राभल्सका सञ्चालक युवा व्यवसायी सञ्जित श्रेष्ठ हुन् ।

 

दूतावासले गत माघ २१ गतेदेखि नेपाल प्रहरीद्वारा जारी गरिएको असल चालचलन सम्बन्धी रिपोर्ट अनिवार्य प्रमाणीकरणको व्यवस्था गरेको थियो । उक्त काम गर्न यस अघि दुई वटा ट्राभल्सले दूताबासबाट उक्त अख्तियारी पाएका थिए । तेश्रो ट्राभल्सले पनि अख्तियारी पाएपछि यूएई जानेको प्रहरी चालचलनमा प्रमाणीकरण थप सहज हुने अपेक्षा सेवाग्राहीको छ ।

 

दूतावासले प्रमाणीकरण गर्न लिने शुल्कमा सेवा शुल्क वापत प्रति रिपोर्ट थप एक सय रुपैयाँ र सो को भ्याट १३ रुपैयाँ गरी १ सय १३ रुपैयाँ लिई प्रमाणीकरण गराइदिने छन् । सेवाग्राहीले भने दूतावासले तोकेको १ सय ५० दिराम ९करिव ४ हजार ४ सय रुपैयाँ० छुट्टै तिर्नुपर्नेछ ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024