यूएईद्वारा सबै श्रम स्वीकृति बन्द

20 Mar, 2020

संयुक्त अरब इमिरेट्स (यूएई)ले सबै प्रकारका श्रम स्वीकृति दिन बन्द गरेको छ।नोबेल कोरोना भाइरसले सङ्क्रमण फैलिँदै गएकाले अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि श्रम स्वीकृति बन्द गरिएको अधिकारीहरुले जनाएका छन्।

देशको श्रम मन्त्रालयले राष्ट्रिय आपत, संकट र प्रकोप व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा यस्तो निर्णय गरेको हो।

खाडी मुलुक यूएईमा बिहीबारसम्म ११३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।कोरोनाको सङ्क्रमण अहिलेसम्म १६६ देशमा पुगेको छ।कोरोना भाइरसका कारण आठ हजार ६५७ जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ।

 

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024