युरोप पठाउने भन्दै ठगी गर्ने कन्सल्टेन्सीका सञ्चालक पक्राउ

7 March, 2018

युरोप पठाउने भन्दै ठगी गर्ने कन्सल्टेन्सीका सञ्चालक पक्राउ परेका छन् । सामाखुसीमा रहेको सुनौलो प्रकाश कन्सल्टेन्सीका संचालक आर्यन लामा पक्राउ परेका हुन् । 

 

खोटाङ निर्मलीडाँडा-१ घर भएका निरकाजी बस्नेत सहित ४ जनालाई पोर्चुगलमा रोजगारीको लागि पठाउने भन्दै हरिकाजी बस्नेतबाट ३३ लाख ठगी गरेको अाराेपमा हरिकाजी बस्नेतले जाहेरी दिनुभएको थियो । उक्त जाहेरीको आधारमा लामालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको  छ । लामालाई काठमाडौंको टेकुबाट मंगलबार पक्राउ गरिएको हो । 

 

अनुसन्धानको क्रममा लामाले दोलखा घर भएका मोहन प्रधान र कारसाङ तामाङलाई समेत कतार एयरवेजमा काम लगाउने भन्दै विश्वास दिलाई ३ लाख ५० हजार रकम ठगी गरेको पाईएको छ । लामालाई ठगी गरेको सम्बन्धमा थप अनुसन्धान गर्नका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024