युएईका युवराजसँग प्रधानमन्त्री ओलीको टेलिफोन, नेपाली कामदारबारे चासो देखाए

6 April, 2020

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले युएईमा रहेका नेपाली कामदारको पछिल्लो अवस्थाबारे जानकारी लिएका छन् । 

युएईका युवराजसँग सोमबार टेलिफोन कुराकानी मार्फत उनले कोरोना महामारीका बेला नेपाली कामदारको बारेमा चासो देखाएका हुन् । प्रधानमन्त्री ओलीले ट्वीटर मार्फत आफूले युएईका युवराजसँग कुराकानी गरेको बताए । 

उनले लेखेक छन्, : “युएईका युवराजसँग मेरो टेलिफोन संवाद भयो। त्यहाँ रहेका नेपालीहरुको सुरक्षाको सन्दर्भमा मैले राखेका जिज्ञासामा उहाँले भन्नुभयो– नेपालीहरु इमान्दार र परिश्रमी छन्। उनीहरुले युएईको आर्थिक विकासमा पुर्याएको योगदानको प्रशंसा गर्दछु। ढुक्क रहनुहोस्– नेपालीलाई युएईका नागरिकसरह नै व्यवहार र सहयोग गर्छौं।” 

युएईका युवराजले भने नेपाली कामदारहरुको प्रशंसा गर्दै ढुक्क रहन प्रधानमन्त्री ओलीलाई जवाफ दिएका थिए । प्रधानमन्त्री ओलीका अनुसार युवराज मोहम्मद बिन जायद अल नाह्यानले नेपालीलाई पनि आफ्नै नागरिक सरह व्यवहार गरेको बताएका थिए ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024