म्यानपावर कम्पनीको सिण्डिकेट छानविन गर्न सरकारलाई समितिको निर्देशन

10 Nov, 2020

काठमाडौँ : संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले कतार रोजगारीमा म्यानपावर कम्पनीहरुको सिण्डिकेटबारे छानविन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।

नेपालबाट कतारमा श्रमिक पठाउन सिमित म्यानपावर कम्पनीहरुले संगठित रुपमा एकाधिकार कायम गर्न खोजेको भन्दै उजुरी परेपछि समितिको सोमबार बसेको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो । 

यसअघि केही म्यानपावर व्यवसायीहरुले संगठित रुपमा एकाधिकार कायम गर्न खोजेको भन्दै विभिन्न १७ वटा म्यानपावरविरुद्ध उजुरी दिएका थिए । 

ती १७ कम्पनीले कतारमा एकलौटी रुपमा नेपाली कामदार पठाउने गरेको भन्दै व्यवसायीहरुले आपत्ति जनाएका थिए । पछिल्लो समय कतार वैदेशिक रोजगारीका लागि अधिकांश नेपाली कामदारको प्रमुख रोजाइमध्ये बन्ने गरेको छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024