महिलालाई बेचेको आरोपमा थुनामा

28 May, 2018

महिलालाई विदेशमा लगेर बेचेको आरोपमा जिल्ला अदालत मकवानपुरले एक युवकलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गरेको छ ।

 

जिल्ला न्यायाधीश खडानन्द तिवारीको सोमबार बसेको इजलाशले ताप्लेजुङ मेदिङ गाउपालिका ५ घर भई काठमाडौं महानगरपालिका-९ वस्ने ३५ वर्षीय पेम्बा शेर्पालाई हेटौडा उपमहानगरापालिका-८ की एक महिलालाई विदेशमा लगेर विक्री गरेको आरोपमा थुनामा राख्ने आदेश दिएको हो।

 

ओमानमा राम्रो जागिर मिल्छ भनेर फकाईफुलाई गरेर शेर्पाले ४० वर्षीया महिलालाई २०७४ कार्तिक २६ गते भारतको दिल्ली हुँदै ओमानमा पुर्‍याएर विक्री गरेका थिए।

 

१६ सय रियाल अर्थात् चार लाख ३२ हजारमा शेर्पाले उनलाई विक्री गरेका थिए। विक्री गरेको स्थानबाट स्थानीयहरुको सहयोगमा ५ महिनापछि उनी घर फर्कन सफल भएकी थिइन्।

 

घर फर्केपछि उनले चैत २० गते जिल्ला प्रहरी कार्यालय हेटौडामा उजुरी दिएकी थिइन्। उजुरीको आधारमा प्रहरीले २०७५ वैशाख ३ गते शेर्पालाई काठमाडौंबाट पक्राउ गरेको थियो।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026