‘मलेसिया पठाउन देखिएको समस्या छिट्टै हल हुने’

10 Jul, 2018

मलेसियामा नेपाली कामदार जान रोकिएपछि नेपाल वैदेशिक रोजगार ब्यवसायी संघले समस्या समाधानका लागि पहल जारी राखेको छ। कुटनीतिक पहलबाट समस्या समाधान गर्नुपर्ने भन्दै संघका प्रतिनिधि अहिले क्वालालाम्पुरमा छन् ।

 

नेपाल वैदेशिक रोजगार ब्यवसायी संघका प्रतिनिधि डिकबहादुर खत्रीले फेडेरेसन अफ मलेसियन म्यानुफ्याक्चर्सका उपसभापति दातो नाथानसँग वार्ता गरेका छन् । वार्तामा संघका प्रतिनिधिले नेपाली कामदार मलेसिया जाने क्रम रोकिएको र त्यसलाई खुलाउन सरकारी तवरबाटै वार्ता थाल्न आग्रह गरेको संघका अध्यक्ष रोहन गुरुङले बताए।

 

मलेसिया आउने कामदारलाई भिएलएन, माइग्रामका नाममा आर्थिक भार परेपछि संघका प्रतिनिधि खत्रीले नेपाल सरकारले ती संस्थाहरुलाई खारेजीको घोषणा गरेको खत्रीले नाथानलाई जानकारी गराएका थिए। जवाफमा नाथानले भने नेपाली कामदारका विषयमा सरकारसँग पटक पटक छलफल भइरहेको बताएका थिए।

 

त्यस्तै खत्री लगायतको नेपाली प्रतिनिधिले मलेसियाको सत्तारुढ दल घटक पिकेआर पिपुल्स जस्टिस पार्टीका उपसभापति तियान चुवासँग पनि भेट गरेको छ। चुवा राजनीतिक लबिङ गर्न नेपालसँग एकदमै नजिकको सम्बन्ध राख्ने, विद्यार्थी कालमा ट्रेड यूनियनमा रहदाँ कमरेड मदन भण्डारी लगायत विभिन्न पार्टी नेताहरुसँग गहिरो सम्बन्ध राख्ने र पटक पटक नेपालको राजनीतिक भ्रमण गरिसकेका ब्यक्ति हुन्।

 

चुवाले नेपाली कामदारको उच्च प्रसंशा गर्दै समस्या समाधानका लागि छलफल भइ नै रहेको बताएका थिए। छिट्टै नेपाली कामदारको समस्या समाधान हुनेमा आफु विश्वस्त रहेको चुवाले बताएका थिए।यस विषयमा श्रम मन्त्री गोकर्ण विष्टले पनि पहल भइरहेको बताएका छन् ।

 

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024