मलेसियामा रोजगारी गुमाएकालाई स्वदेश फर्कने व्यवस्था मिलाइदिन एनआरएनएको माग

28 Apr, 2020

मलेसियामा कारार अवधि सकिएर रोजगारी गुमाएका कामदारलाई स्वदेश फर्कने व्यवस्था मिलाइदिन गैर आवासीय नेपाली संघ (एनआरएनए) सरकारसँग माग राखेको छ।

एनआरएनए मलेसियाका अध्यक्ष हरी भट्टराइले महामारीका कारण कम्पनी बन्द भएका र करार अवधि सकिएका नेपाल जान 

नपाएका कामदारहरु लकडाउनले उतै फसेकाले उनीहरुको उद्धार गरिदिन सरकारसमक्ष माग राखेका हुन्।

परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले कोभिड १९ प्रभावित विभिन्न देशका एनसिसी अध्यक्षसँग छलफल गरेका थिए।

सोही क्रममा अध्यक्ष भट्टराईले मलेसियामा होटल, रेष्टुरेन्ट विशेषगरी सर्भिस लाइनमा लामो समयको बेतलली विदामा बसेका र 

रोजगारी गुमाएका तथा कम्पनी बन्द भएका हजारौ कामदारहरु नेपाल जान चाहेकाले नेपाल फर्कन व्यवस्थ गरिदिन आग्रह गरे।

भिडियो कन्फरेन्समा बोल्दै उनले मलेसियामा समस्यामा परेका, बिरामी भएका, विभिन्न कारणले जेल परेका नेपाली र धेरै अघि मृत्यु भएर अलपत्र परेका लाशहरु समयमै नेपाल फर्काउन पनि मन्त्री ज्ञवालीको ध्यानाकर्षण गराए।

सोही अवसरमा मन्त्री ज्ञवालीले विदेशमा रहेका श्रमीकहरु, अध्ययनका लागि गएका विद्यार्थीहरु, विदेश भ्रमणमा रहेका लगायत नागरिकको स्वास्थ्य सुरक्षामा नेपाल सरकारले आफ्नो स्रोतसाधनले भ्याएसम्म उच्च प्राथमिकतामा राखेर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024