मलेसियामा नेपालीबाटै ठगिँदै नेपाली, मृतकका परिवार पनि ठगिए

29 October, 2018

नेपालीलाई ठगेको आरोप लागेपछि आदिवासी जनजाति महासंघबाट निलम्बित शेर्पा, उनीविरुद्ध २१ संस्थाले नेपाली दूतावासमा उजुरी पनि दिएका छन् |

मलेसियामा एक नेपालीले त्यहाँ कार्यरत नेपाली मजदुरलाई ठगी गरेको भन्दै २१ वटा संस्थाका प्रतिनिधिले क्वालालाम्पुरस्थित दूतावासलाई गुहारेका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका निलम्वित अध्यक्ष फुपु तेम्बा (पिटी) शेर्पालाई कारवाही माग गर्दै मलेसियामा रहेका २१ वटा संघ सस्थाका प्रतिनिधिले दुतावासमा ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाउनेमा गैरआवसीय नेपाली संघदेखि नेपाली कांग्रेस र नेकपा काप्रवास कमिटीसमेत रहेका छन् ।  शेर्पाले मलेसियामा गैरकानुनी हैसियतमा श्रम गरेर बसेका श्रमिकलाई अवौध बाटोबाट नेपाल फर्काउने भन्दै मोटो रकम असुलेको आरोप लागेको छ।  रकम असुलेपछि पीडित श्रमिकलाई नेपाल नपठाइ शेर्पाले बन्दी बनाएर राखेको पीडिततहरुले गुनासो गरेका थिए । पीडित नेपाली श्रमिकलाई नेपाल नपठाइ मलेसियामै बन्दी बनाएपछि पीडितहरु अधिकारकर्मीको सम्पर्कमा पुगेका थिए ।

शेर्पाले २६ भन्दा बढी नेपाली श्रमिकलाई मलेसियामा अलपत्र परेपछि विवादमा आएकाथिए । विचौलियाको काम गर्दै आएका पिटीकै कारण विचल्लीमा परेका नेपाली श्रमिकले सकुशल नेपाल फर्काइदिन समेत आग्रह गरेका छन् ।

आफुहरु शेर्पाकै कारण बिचल्लीमा परेको बताउँदै उनीहरुले नेपाल फर्काइदिन नेपाली दूतावास मलेसियामा गुहार लगाएका हुन् । तर उनीहरुले दूतावासले समेत पीडितका पक्षमा बोल्न नसकेको आरोप लगाएका छन् ।

मलेसिया सरकारले अगस्ट भित्रमा अवैधानिक हैसियतका आप्रवासीलाई मलेसिया छोड्न अल्टिमेटम दिएपछि ती श्रमीकहरु घर फर्किन विचौलियाको काम गर्दै आएका शेर्पाको शरणमा पुगेका थिए ।  शेर्पाले मोटो रकम असुलिएका नेपाली श्रमिक अझै मलेसियामै छन् । मलेसियाका विभिन्न राज्यमा काम गरेर अवैधानिक रुपमा नेपाल फर्किन लागेका पुर्णबहादुर महतरा, गणेश विक, जीवन थापा, जितबहादुर कुमाल, पुर्णबहादुर डाँगी, तिलकबहादुर सेन्तान, जीवन थापा, प्रमोद चौधारी, जीवन रिजाल, बेलनारायण श्रेष्ठ लगायत छन् ।

उनीहरुले शेर्पाका कारण बन्दी बन्नु परेको भन्दै जीवनरक्षाको मागसहित दूतावास मलेसियामा निवेदन समेत दर्ता गरेका थिए । तर उनीहरुको मागलाई दूतावासले वास्ता नगरेको गुनासो गरेका छन् ।

यता मलेसियामा मृत्यु भएका भक्तपुरका विवेक सापकोटाका बुवासँग पनि शेर्पाले मलेसियाबाट नेपाललास फर्काउने नाममा एक लाख नेपाली रुपैयाँ असुलेको प्रमाण फेला परेको छ ।

मलेसियाको अस्पतालमा तीन हजार आठ सय रिङ्गेट लागेको भन्दै उनले रकम असुलेका थिए । तर अस्पतालमा सापकोटाको २ घण्टा मात्रै उपचार भएको गैरआवसीय नेपाली संघ मलेसियाका सदस्य कृष्णप्रसाद नेपाल बताउँछन् ।

नेपालका अनुसार सापकोटालाई अस्पताल पुर्‍याएको दुई घन्टामै मृत्यु भएको थियो । अस्पतालको बिलबारे पिटीसँग सोध्दा शवसँगै पठाएको बताएका थिए ।  यता विरामी भएर मलेसिमै उपचाररात आङपासाङ शेर्पाका लागि संकलन गरिएको रकम पनि शेर्पाले हिनामीना गरेको भेटिएको फोनिज मलेसियाका सचिव आरएन चौधारीले बताएका छन् । चौधारीका अनुसार कति पैसा शेर्पाले हिनामिना भन्ने जानकारी संकलन भइरहेको छ। यसैबीच आदिवासी जनजाति महासंघ मलेसियाले दलालीमा संम्लग्न भएको भन्दै शेर्पालाई निलम्वित गरेको थियो । तर पनि नेपाली दूतावास मलेसियाले असोज ३ गते आयोजना गरेको संविधान दिवसको कार्यक्रममा शेर्पा आदिवासी जनाजाति महासंघको अध्यक्षको हैसियतमा कार्यक्रमस्थलमा पुगेका थिए ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024