मलेसियामा दुबै मृगौला फेल भएका राजकुमारलाई जुट्न थाल्यो आर्थिक सहयोग

28 December, 2018

दुबै मृगौला फेल भएर पाटन अस्पतालमा डायलासिस गर्दै आएका काभ्रे मण्डनदेउपुरका राजकुमार मगरलाई मलेसियामा कार्यरत नेपालीले आर्थिक सहयोग गरेका छन्।

 

रोजगारीका लागि मलेसिया गएका राजकुमारको विदेश यात्रालाई समेटेर नागरिक नेटवर्कले कार्यक्रम “डलरको कथा” निर्माण गरेको थियो। सोहि कार्यक्रम हेरेर मलेसियाका विभिन्न कम्पनीमा कार्यरत नेपालीहरूले आर्थिक संकलन गरेर पठाएको ३१ हजार आफूले पाएको पीडित राजकुमारले जानकारी दिए। रोजगारीका लागि मलेसिया गएका राजकुमारको दुबै मृगौलाले काम नगरेपछि नेपाल फर्किएर उनी अहिले दिन बिराएर डायलासिस गर्दै छन्।

 

उपचारका क्रममा राजकुमारको ८ लाख खर्च भइसकेको छ। नेपालमा स्वास्थ्य परीक्षणमा पास भएर मलेसिया गएका राजकुमार त्यहाँ गरिएको स्वास्थ्य परीक्षणमा पनि पास भएर काम गर्न थालेका थिए। तर काम गर्न थालेको साढे ४ महिनापछि शरिर सुनिने, हात गोडाका नङ् सेता हुने, वान्ता हुने, र काम गर्ने आट हराएर गएपछि उनी अस्पताल भर्ना भएका राजकुमारलाई डाक्टरले मृगौलामा  समस्या देखाइदिएका थिए। तर, राजकुमार कार्यरत कम्पनीले उनको पीडा नदेखेपछि उनी आफ्नै खर्चमा नेपाल फर्किए। पीडित राजकुमारलाई सहयोग गर्न चाहनेले ९८१९४३३९७२,०१-४२१८५८५  मा सम्पर्क गर्न सक्नुहुन्छ ।

 

Published: 28 December 2018 | Nagarik

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024