मलेसियाबाट फर्केकालाई पुन:एकीकरण गर्ने

30 December, 2018

मलेसियाबाट फर्केका नेपाली कामदारलाई स्वदेशमै परिवारसँग पुन:एकिकरण गर्ने अभियानको सुरु भएको छ ।

 

मलेसिया रिटर्नी समाजले रोजगारका लागि पुन: मलेसिया जान नपर्ने गरी सरकारले दिएको सुविधालाई प्रयोग गर्न सघाउ पुर्‍याउन लागेको हो ।

 

‘सरकारले विदेशवाट फर्किएका नेपालीलाई प्रदान गर्न थालेको सहुलियत दरको ऋण कसरी प्राप्त गर्ने र त्यसलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेमा हामी काम गर्नेछौँ,’ समाजका संयोजक रामचन्द्र नेपालले पत्रकार सम्मेलनमा भने,‘३० हजारको लागि पुन: मलेसिया फर्किनु भन्दा यहाँ नै सीपको सदुपयोग गर्न सहयोग गर्छौँ ।’

 

उनले मलेसियाबाट फर्किएका नेपालीलाई संगठित गरी सामूहिक प्रयासको काम गर्न थालिएको बताए ।‘मलेसियाबाट फर्की आएकाबीच विभिन्न सामूहिक लगानीहरुको सम्भावनाहरुको खोजी गर्ने काम समेत भइरहेको छ,’ उनले भने ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024