मन्त्रालयले नीति–कानुन बनाउँदा भुइँमान्छेलाई ध्यान दिन्छ– श्रममन्त्री भण्डारी

2 September, 2024

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले नीति निर्माण गर्दा भुइँमान्छेको विषयलाई ध्यान दिने बताएका छन्।

नेपालले द्विपक्षीय श्रम समझदारी गर्दा नेपालको न्यूनतम मापदण्ड तय गर्ने सम्बन्धमा आयोजना भएको छलफलको उद्‍घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन्।

मन्त्रालयको अबको कार्यदिशा रूपान्तरणकारी र उपलब्धिमूलक हुने प्रतिबद्धता समेत जनाए।

‘गन्तव्य मुलुकको आर्थिक उन्नतिमा प्रत्यक्ष योगदान गरेको श्रमिकको हक हितलाई गन्तव्य मुलुकले पनि ध्यान दिनुपर्छ। नेपालमा होस् या विदेशमा होस्, जहाँ भए पनि नेपालीले न्यूनतम अन्तर्राष्ट्रिय मापदण्ड अनुसार मानव अधिकार प्राप्त गर्नुपर्छ,’ उनले भने।

कुनै कानुनले नेपालीको हक र अधिकार प्राप्तिमा बाधक छ भने पनि यस्ता कानुनहरू परिमार्जनमा मन्त्रालयले ध्यान दिने उल्लेख गरे।

श्रम सचिव मुकुन्द निरौलाले वैदेशिक रोजगारीका सबै चरणमा श्रमिकको सम्मान, संरक्षण र मानव अधिकारलाई राज्यले सुनिश्चित गर्नु पर्नेमा मन्त्रालयको स्पष्ट ध्यान दिने उल्लेख गरे।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024