भारतमा रोजगारी गर्न गएका किशोर मृत अवस्थामा घर ल्याइयो

3 Apr, 2013

भारतमा रोजगारी गर्न गएका किशोर मृत अवस्थामा घर फकाईएपछि आक्रोशित भएका आफन्त र स्थानीयले राजमार्ग जाम गर्दै प्रहरी कार्यालय घेराउ गरेका छन्।

भारत बिहार राज्यको अररिया भन्ने स्थानमा घरायसी कामदारका रुपमा काम गर्न गएका सोराभाग-८ का १५ वर्षीय चुन्डो सोरेनको मृत शरीर घर फर्काइदिएपछि आफन्तले भारतमा रोजगार दिनेलाई कारबाहीको माग गर्दै विराटनगर रङ्गेली सडकखण्ड बन्द गराएका हुन्।

रोजगारकै क्रममा सोरेनको मृत्यु भएपछि रोजगार दिने धनीले तेरो छोरो बिरामी भएकाले मृत्यु भएको भन्दै रु दस हजारसहित शव आज घर पठाएका थिए। तर सकुशल काम गर्न गएको मान्छेको मृत शव देखेपछि आफन्त र स्थानीयले शव बोकेर आएको भ्यान र रु दस हजार दिन आएको व्यक्तिसमेतलाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका छन्।

इलाका प्रहरी कार्यालय रङ्गेलीका निरीक्षक धजेन्द्रबहादुर कार्कीले घटनाबारे भारतीय प्रहरीको सहयोगमा अनुसन्धान गर्ने कार्य सुरु भइसकेको जानकारी गराए।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024