बेलायत पठाइदिन्छु भन्दै साढे १३ लाख ठगी गर्ने पक्राउ

16 September, 2022

बेलायत पठाइदिन्छु भन्दै झन्डै साढे १३ रूपैयाँ ठगी गर्ने एक जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ।

प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको टोलीले बेलायत पठाइदिन्छु भनी ठगी गर्ने सोलुखुम्बु दूधकोसी गाउँपालिका–२ घर भई काठमाडौं कागेश्वर मनोहरा नगरपालिका काँडाघारी बस्ने ४३ वर्षीय बालकृष्ण कार्कीलाई बिहीबार पक्राउ गरेको हो।

पक्राउ कार्कीले केही व्यक्तिलाई ‘वर्किङ भिसा’ मा बेलायत लगायतका देशमा रोजगारीका लागि पठाइदिन्छु भन्दै पीडितबाट नगद १३ लाख ४६ हजार रूपैयाँ लिएर सम्पर्कविहीन भएका थिए। प्रहरीले खोजी गर्ने क्रममा बिहीबार उनी काठमाडौं महानगरपालिका–४ धुम्बाराहीबाट पक्राउ परेका हुन्।

पक्राउ परेका कार्कीलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024