बालश्रम र बालविवाह मुक्त बनाउन माग

15 Dec, 2019

बनेपा- जिल्ला बालक्लब सञ्जाल काभ्रेपलाञ्चोकको पाँचौँ जिल्ला बालभेलाले गान्धीव गौतमको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

कार्यसमितिका उपाध्यक्षमा सुवोध धिमाल, सचिव भवानी दाहाल, सहसचिव सविना विक, कोषाध्यक्षमा सुभद्रा तिमल्सिना रका छन्। शनिबार सम्पन्न सो भेलाले सदस्यमा सुजन सापकोटा, काजोल लुकलुङे, सञ्जु उप्रेती, सुदिना हुँमागाईं, मनोज रानामगर, विनिता चिमौरिया, रेणु थिङ र मालती कुँवर रहेका छन्।

भेलाको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गरेका थिए। ‘सुनिश्चित बालअधिकार, समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ बालअधिकार महासन्धि, संविधान र बालबालिका सम्बन्धी ऐन, कानून र नीति–नियमको सम्मान गर्दै राज्यका सबै तहलाई बालमैत्री बनाउनु पर्ने लगायतका माग गर्दै घोषणापत्र जारी गरेको थियो।

बालबालिकामाथि भइरहेको सबैखाले यातना, हिंसा र दुव्र्यवहारको अन्त्य गरिनुपर्ने, सबै बालबालिकाका लागि शिक्षा र स्वास्थ्यमा सर्वसुलभ पहुँचको व्यवस्था गरी कार्यान्वयन गरिनुपर्ने, जिल्लालाई बालश्रम र बालविवाह मुक्त बनाइनुपर्ने, सबै क्षेत्रमा बालमैत्री, बालसुलभ तरिकाले बालबालिकाको पहुँचयोग्य न्यायको व्यवस्था गरिनुपर्ने, बाबुआमा गुमाएका अभिभावकविहीन बालबालिकालाई सरकारले अभिभावकत्व ग्रहण गरी संरक्षक बन्नुपर्ने, सबैखाले अपाङ्गता भएका बालबालिकाको उचित संरक्षकत्व सरकारले ग्रहण गरिनुपर्ने घोषणापत्रमा उल्लेख छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024