प्राविधिक टोलीले सुरु गर्‍याे ओमानसँगको श्रम सम्झौताको मस्यौदामा छलफल

29 Jan, 2019

सरकारले ओमान र युएईसँग श्रम समझदारी (एमओयू)को मस्यौदा टुंगो लगाउन पठाएको प्राविधिक टोलीले ओमानको श्रम तथा मानव संसाधन मन्त्रालयमा छलफल गरेको छ ।

 

सम्झौताका लागि ओमानले दुई महिनाअघि पठाएको खाकामा नेपालले आफ्नो बिषय राखेर प्रस्ताव तयार गरेको थियो । सोही प्रस्तावमा राखिएका बिषयमा आइतबार दुईपक्षीय छलफल भइरहेको हो ।

 

सोमबार पनि छलफलको गर्ने र  मस्यौदा अन्तिम रुप दिइनेछ । प्रस्तावमा दुवैदेश सहमत भए मन्त्रीस्तरिय भ्रमण गराएर सम्झौतामा हस्ताक्षर गरिने ओमानका लागि नेपाली राजदुत शर्मिला पराजुली ढकालले बताइन् ।

 

छलफलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलबाट आएका सहसचिव रामप्रसाद घिमिरेको नेतृत्वको पाँच सदस्यीय प्राविधिक टोलीसँगै दुतावासकी नियोग उपप्रमुख रोजिना ताम्राकार तथा श्रम सहचारी कृष्णकुमारी गौली पनि सहभागी भएका थिए ।

 

ओमनको छलफलपछि टोली मंगलबार युएई आउने कार्यतालिका छ । बुधबार र बिहीबार युएईसँग छलफल गर्ने कार्यक्रम तय भएको छ ।

 

नेपालले यसअघि नै युएईसँग एमओयू गरेको छ । तर, त्यो कामदारको हितमा नभएको र त्यसलाई अन्तर्राष्ट्रियरुपमा स्थापित श्रम अधिकारका सवालहरुलाई परिमार्जन गर्ने गरी टोलीले छलफल गर्ने जनाइएको छ ।

 

यी राष्ट्रमा द्धिपक्षीय श्रम सम्झौता नहुँदा मुख्यत घरेलु  महिला कामदारले समस्या भोग्दै आएका छन् । यदि यी देशसँग श्रम सम्झौता हुन सकेमा नेपाली कामदारले पाउने सेवासुविधामा समेत थप सहजता हुने सरोकारवालाहरुको  धारणा छ ।

 

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024