प्रहरी टोली मलेसियामा

11 June, 2016

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालसहित ४ सदस्यीय सरकारी टोली मलेसिया आएको छ।

 

मानव बेचबिखन तथा विभिन्न अपराधबारे थप बुझ्न खनालसहित श्रम तथा रोजगार मन्त्रालयका सहसचिव सूर्यप्रसाद श्रेष्ठ, परराष्ट्र मन्त्रालयका उपसचिव कृष्णचन्द्र अर्याल र महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका एक उपसचिवसहितको टोली बिहीबार राति मलेसिया आइपुगेको हो। 

 

नेपाली कामदारमाथि भएको ठगी, मानव बेचबिखन तथा विभिन्न अपराधबारे अनुसन्धान गरी कारबाही प्रक्रियासमेत अघि बढाउन उक्त टोली मलेसिया आएको जानकारी नेपाली राजदूत निरञ्जनमानसिंह बस्न्यातले जानकारी दिए। मलेसियामा नेपालीमाथि नेपालीबाटै समेत धेरै ठगी हुने गरेको छ। अपहरण, चोरीलगायत आपराधिक गतिविधिसमेत हुँदै आएको छ।

 

टोलीले शुक्रबार मानव अधिकारका क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था ‘तानागानिता’ का प्रतिनिधिहरूसँग भेट गरेको छ। 

 

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024