पोल्याण्ड पठाइदिने भन्दै ठगी

17 Apr, 2018

पोल्याण्ड पठाइदिने बाहनामा नक्कली एजेन्टले खोटाङका युवालाई ठगेका छन्। पोल्याण्ड पठाइदिने भन्दै १ लाख लिएका सिन्धुलीका एजेन्ट सरनबहादुर राई बेपत्ता भएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका सागर तामाङ गठिएका हुन्। काठमाडौं बसुन्धारास्थित डेल्टा इम्प्लोइमेण्ट सर्भिस मेनपावरको बजार व्यवस्थापकको परिचय दिएर गत भदौभित्र पोल्याण्ड उँडाउने भन्दै रकम लिएका सरनबहादुर बेपत्ता हुँदा तामाङको एक लाख डुबेको छ।

 

पैसा लिएको वर्ष दिनसम्म पनि पोल्याण्ड नपठाएपछि डेल्टा इम्प्लोइमेण्ट सर्भिस मेनपावरमा पुगेर सोधखोज गर्दा सरनबहादुर सो मेनपावरसँग सम्बन्धित नरहेको जवाफ मिलेको जनाइएको छ। मेनपावर समक्ष गुनासो राख्दा मेनपावर सञ्चालकले ‘सरनबहादुरलाई नचिन्ने र कुनै सम्बन्ध नभएको’ जवाफ दिएको तामाङले बताए। सरनबहादुर दुबई पुगेको फेसबुकबाट खुलेको छ।

 

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024