पैंसठ्ठी रोजगारदाता कम्पनी प्रतिबन्धित

24 December, 2018

सरकारले विभिन्न देशका ६५ रोजगारदाता कम्पनीमा नेपाली श्रमिक पठाउन प्रतिबन्ध लगाएको छ । सम्झौता अनुसार तलब सेवा सुविधा नदिने कम्पनीमा नेपाली श्रमिक पठाउनका लागि सरकारले रोक लगाएको हो । 

 

वैदेशिक रोजगार विभागका अनुसार सम्झौता अनुसार तलब र अन्य सेवा सुविधा नदिनेमा मलेसियाका मात्र ५२ वटा रोजगारदाता छन् । यस्तै साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई) पाँच वटा कम्पनी रहेका छन् भने कतारका तीनवटा कम्पनीमा नेपाली श्रमिक पठाउन रोक लगाइएको विभागले जनाएको छ । 

 

विभागका निर्देशक भोलानाथ गुरागाईंले नेपाली श्रमिकलाई सम्झौता अनुसार तलब नदिने, समयमा तलबलगायत सुविधा नदिएको, श्रमिकलाई अलपत्र पारेको र समस्याग्रस्त अवस्थामा रहेका भन्ने उजुरीका आधारमा ती कम्पनीमा नेपाली श्रमिक पठाउन रोक लगाइएको जानकारी दिनुभयो । 

 

ती रोजगारदाता कम्पनीका लागि माग नेपाली श्रमिकको माग अस्वीकृति हुने भएकाले ती कम्पनीको माग नल्याउन नेपालमा सञ्चालित वैदेशिक रोजगार कम्पनीलाई निर्देशन गरिसकेको पनि उहाँले जानकारी दिनुभयो ।

 

Published: 24 December 2018 | Gorkhapatra

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024