पछि हटे म्यानपावर व्यवसायी

6 Jun, 2019

सरकारले आफ्नो माग सुनुवाई नगरेपछि म्यानपावर व्यवसायी पछि हटेका छन् ।

विभिन्न माग राख्दै बिहीबारसम्म विदेशिने कामदारको टिकट नकाट्ने गरी आन्दोलनको कार्यक्रम घोषणा गरेको वैदेशिक रोजगार व्यवसायी संघले भोलिदेखि कामदारको टिकट काट्न सुरु गर्ने बताएको छ । एक सूचना जारी गर्दै संघले ततकाल अरु आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छैन । म्यानपावरले राख्ने धरौटीमा ब्याज पाउनुपर्ने, मर्जरमा जाने म्यानपावरलाई सुविधा सहुलियत दिनुपर्ने, मागपत्र प्रमाणीकरण सहज बनाउनुपर्ने लगायतका माग गर्दै व्यवसायी आन्दोलत थिए ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024