साउदी अरवस्थित नेपाली दूतावासले नेपाली कामदारको उल्लेख संख्या रहेको क्याम्प क्याम्पमा पुगेर सुरक्षा, सचेतना र स्वास्थ्य परिक्षण गर्न थालेको छ । दूतावासले कम्पनीसँग समन्वय गरी कामदारलाई सचेतना दिन थालेको हो । रियादको सनैयास्थित अल रसहिद अविटोनग् कम्पनीमा कार्यरत नेपाली कामदारलाई शुक्रवार सुरक्षा सम्बन्धी सचेतना दियो । त्यस क्याम्पमा ३५ सय नेपाली कार्यरत छन् ।
‘हामी जहाँ आएका छौ । त्यो देशको कानुन जान्न निकै जरुरी छ । त्यसलाई पुर्ण रुपमा पालन गर्नु हाम्रो कर्तब्य हो’, कामदारको क्याम्पमा पुगेका साउदीका लागि नेपाली राजदूत महेन्द्रप्रसाद सिंहले भने,‘साउदी कानुनलाई बुझेर ब्यवहारमा उतर्न सके मात्रै धेरै समस्या हुनुवाट जोगिन्छ ।’आफ्नो क्याम्पमै आएर सुरक्षासम्बन्धी जानकारी लिन पाउदा कामदारहरु पनि खुसी देखिएका थिए । राजदूत सिंहले स्वास्थ्य, ट्राफिक र खानपानसम्बन्धी लगायतमा ध्यान नपुर्याउदा कामदारले समस्या भोग्नुपरेकोप्रति जोड दिएका थिए । दूतावासका उपनियोग प्रमुख आनन्दप्रसाद शर्माले सम्बन्धीत देशको बिषयमा जानकारी नहुदाँ कामदारले के गर्न हुने र नहुने भनेर छुट्टाउन गार्हो भएकोले दूतावास नेपालीको बक्लो उपस्थीति भएको क्याम्पहरु सचेतनाको अभियान लिएर पुग्न थालेको वताए ।
श्रम काउन्सेलर अम्बिकाप्रसाद अधिकारीले साउदी अरवमा नेपाली कामदारले भोग्नु परेको समस्या देखाउदै समाधानका उपायवारे प्रस्तुति दिएका थिए । दुतावासका स्थानीय कर्मचारीले साउदी अरबमा कामदारले ध्यान दिनु पर्ने विषय जस्तै अदालतमा कसरी प्रस्तुत हुने, यहाँको फरक समाजमा के गर्न हुने र नहुने विषयमा जानकारी दिए । क्याम्पमै ढाका मेडिकल सेन्टर र नेपाली डाक्टर अनुरुद्र पाठकको सहयोगमा एक सय ९० जनाको सुगर र रक्तचापको परीक्षण गरेको थियो । त्यसमा तीन जनाको स्वास्थ्यमा गम्भिर समस्या देखिएको थियो । डाक्टर पाठकले स्वास्थ्य सम्बन्धी ध्यान दिनुपर्ने बिषयमा जोड दिएका थिए । दूतावासका प्रथम सचिव विजयकुमार राउतले योगा र ध्यान गर्ने प्रशिक्षण दिएका थिए ।दूतावासका द्धितिय सचिव भरत खनालले क्याम्पमा पुगेर सचेतना सम्बन्धी कार्यक्रम आयोजना गर्दा निकै प्रभाबकारी भएको वताए ।