नेपालीको हत्यामा सलंग्न जपानीलाई १९ वर्ष काराबास

13 Mar, 2013

जापानी अदालतले रेस्टुरेन्ट सञ्चालक नेपालीको हत्यामा संलग्न एक जापानीलाई १९ वर्ष काराबास सजाय सुनाएको छ । यो अपराधमा सहयोगी भूमिका निभाउने एक युवतीलाई ९ वर्षको कैद सजाय तोकिएको छ ।

४२ वर्षीय विष्णुप्रसाद धमलाको हत्याको आरोपमा ट्याटु कलाकार जापानी नागरिक हिरोकी सिराहिसी र उनकी महिला मित्र मियोको सिराइसीलाई जापानको ओसाका सहरको अदालतले यो सजाय सुनाएको हो । रक्सीले मातेका ती दुईले बाटोमा हिँडिरहेका विष्णुप्रसादलाई बिनाकारण बेहोस हुने गरी लात्तीले कुटपिट गरेर सडकमा छाडेका थिए । बाटोमा राखिएको सीसी टीभीबाट उनीहरूको पहिचान भएको थियो । कुटपिटबाटै धमलाको ज्यान गएको प्रमाणित भएको छ । पिटाइबाट अचेत भएका धमला सडकमा लडेपछि पनि उनीहरूले लात्ती हानिरहेको दृश्य टीभीमा देखाइएको छ ।

 

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024