निर्माणाधीन २ तले घरबाट लडेर मजदुरको मृत्यु 

21 January, 2025

दाङको तुलसीपुरमा निर्माणाधीन घरबाट लडेर एक जना मजदुरको मृत्यु भएको छ। 

तुलसीपुर उपमहानगरपालिका–४ बनहरीमा निर्माणाधीन भवनबाट लडेर घाइते तुलसीपुर–७ नवलपुरका २८ वर्षीय सन्तोष चौधरीको मृत्यु भएको हो।

चौधरी मिस्त्री थिए। बनहरीका सुभान पुनको निर्माणाधीन २ तले पक्की घरबाट सोमबार बेलुकी पौने ५ बजेतिर चौधरी लडेर गम्भीर घाइते भएका थिए। 

उनलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल लगिएको थियो। 

उपचारका क्रममा बेलुकी ६ बजेतिर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विनोद खत्रीले जानकारी दिए।

चौधरीको शव पोष्टमर्टमपछि मंगलबार आफन्तले बुझेको प्रहरी निरीक्षक खत्रीले बताए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024