नक्कली पासपोर्टमा कोरिया

8 August, 2015

वैदेशिक रोजगारीका लागि गएकी एक युवतीलाई कोरिया सरकारले नेपाल फर्काइदिएको छ। स्याङ्जाकी कविता गुरुङलाई राहदानी नक्कली भएको भन्दै शुक्रबार नेपाल फर्काइएको हो।

 

गुरुङ कोरियन भाषा परीक्षा पास गरेर कोरिया पुगेकी थिइन्। दुई महिनाअगाडि कोरिया पुगेकी उनको औंठाछाप नमिलेपछि अध्यागमनले अनुसन्धान गरेको थियो। अनुसन्धानमा उनको तस्बिरसहितको राहदानीमा रहेको विवरण नमिलेको भन्दै कोरियाले फिर्ता पठाएको हो। इपिएस उत्तीर्ण अर्कै व्यक्तिको नाममा नक्कली राहदानी बनाएर उनी कोरिया पुगेको आशंका अनुसन्धान अधिकारीको छ।

 

गुरुङलाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले शुक्रबार नियन्त्रणमा लिएको थियो। विमानस्थल अध्यागमन कार्यालयका प्रमुख नारायणप्रसाद भट्टले कोरियले उनलाई नेपाल फिर्ता पठाउनुको कारण नक्कली राहदानी उल्लेख गरेको बताए। राहदानी नक्कली भएको भन्दै फिर्ता पठाएकाले सो घटनाबारे अनुसन्धानका लागि विभाग पठाएको र थप अनुसन्धान त्यतैबाट हुने उनले जानकारी दिए।

 

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024