दूतावासले थाल्यो इसराइलबाट फर्कन इच्छुकहरूको नामावली संकलन

19 June, 2025

इसराइलस्थित नेपाली दूतावासले इसराइलबाट स्वदेश फर्कन इच्छुक नेपालीहरूको नामावली संकलन सुरू गरेको छ।

दूतावासले नेपालीहरूलाई उद्धार गर्ने प्रयोजनका लागि गुगल विवरण फारम उपलब्ध गराउँदै स्वदेश फर्कन चाहनेहरूको नामावली संकलन थालेको हो। स्वदेश फर्कन चाहनेहरूले उक्त गुगल फारम भर्न सक्छन्।

परराष्ट्र मन्त्रालयले इसराइलमा पाँच हजार ५०० नेपाली रहेको जनाएको छ। इरानमा करिब १२ जना नेपाली रहेको उल्लेख छ।

हालसम्म सबै नेपालीहरू सुरक्षित रहेको मन्त्रालयले जनाएको छ। त्यहाँ कार्यरत नेपालीहरूसँग कुरा गर्दा अधिकांशले तत्काल उद्धार गर्नुपर्ने अवस्था नरहेको बताएका छन्।

यो पनिः इसराइलमा भएका नेपाली भन्छन्– फोनको घन्टीले पनि झस्काउँछ, तर सम्हालिएरै बसेका छौं

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024