दुबई पठाइदिने भन्दै रकम ठगी गर्ने धनकुटाका युवक पक्राउ

12 December, 2023

काठमाडौं : वैदेशिक रोजगारका लागि दुवई पठाइदिने भन्दै रकम ठगी गर्ने एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनकुटा चौबिस गाउँपालिका-१ घर भइ हाल काठमाडौंको बाफल बस्ने ३४ वर्षीय लक्षम्ण श्रेष्ठ रहेको प्रहरीले जनाएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार विवेक पाटकलाई वैदेशिक रोजगारीका लागि दुबई पठाइदिने भन्दै १ लाख ५५ हजार रुपैयाँ लिएर फरार भएपछि खोजतलासका क्रममा आइतबार नयाँ बसपार्कबाट पक्राउ गरिएको हो।

पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024