दुबईको भिसा लगाएर नयाँ दिल्ली हिँडेकी प्रमिलालाई विमानस्थलबाट फर्काइयो

4 March, 2022

काठमाडौं: भिजिट भिसामा विदेश हिँडेका १६ जना नेपालीलाई  त्रिअबि अध्यागमन कार्यालयले फिर्ता पठाएको छ। भिजिट भिसामा दुबई, साउदी अरेबिया र कतार हिँडेकाहरुलाई प्रस्थान अनुमति नदिइएको हो। तीमध्ये अष्ट्रेलिया र भारत जाने व्यक्तिसमेत रहेको अध्यागमन कार्यालयले जनाएको छ।

नवलपरासीका सन्तोष पराजुली अष्ट्रेलियाका जान भनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आए पनि उनले भिसा पेश गर्न नसकेको अध्यागमन स्रोतले बतायो। त्यस्तै बर्दियाकी प्रमिला सुनारको गतिविधि शंकास्पद लागेर प्रस्थान अनुमति नदिइएको स्रोतले बतायो। उनी दुबईको भिसा लगाएर नयाँ दिल्ली प्रस्थान गर्न लागेपछि शंकास्पद लागेको स्रोतले बतायो।

त्यस्तै दुबई हिँडेका बाराका जानुका नेपाल पंगेनी, रुपन्देहीका अंकिता गुप्ता, तेह्रथुमका हेमबहादुर आले, रामेछापका कमल प्रसाद कँडेल, काठमाडौंका इभा कँडेल, साउदी हिँडेका सर्लाहीका जितेन्द्रप्रसाद कुश्वाहा, कपिलवस्तुका अतरजहा मुसलमान, कतार हिँडेका सम्झाना कार्की राई रहेका छन्। त्यस्तै दुबई हिँडेका रामेछापका गीता कँडेल, निशा कँडेल र पर्साका प्रज्ञा मैनालीले आफैँ जान इच्छुक नभएपछि फिर्ता पठाइएको अध्यागमन स्रोतले बतायो। 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026