दुईपटकसम्म पुनः श्रम स्वीकृति नविकरण विदेशस्थित नियोगबाट

24 December, 2018

सरकारले वैदेशिक रोजगारीका लागि विभिन्न देशमा कार्यरत नेपाली कामदारको पुनः श्रम स्वीकृति विदेशस्थित कूटनीतिक नियोगबाटै जारी गर्ने भएको छ। 

 

केही नेपाल ऐन संसोधन मार्फतु बैदेशिक रोजगार ऐन २०६४ मा संसोधन गर्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदेशमा काम गरिरहेका कामदारले सम्बन्धित मुलुकका राजदुतावास वा अन्य कुटनीतिक नियोगबाटै श्रम स्वीकृति नविकरण गर्न पाइने व्यवस्था गर्न लागेको हो।

 

आइतबार संघीय संसदमा दर्ता भएको उक्त प्रस्ताव संसदबाट पारित भएपछि लागू हुने छ। हालसम्म विदेशमै काम गरिरहेको अवस्थामा करारअवधि सकिएपछि पुनः श्रम स्वीकृति लिन नेपाल आउनुपर्ने बाध्यता रहँदै आएको छ। नयाँ व्यवस्थाबाट रोजगारीमा गएका धेरै नेपालीलाई सहज हुने मन्त्रालयको विश्वास रहेको छ।

 

ऐनको दफा २१ को संसोधन प्रस्तावमा विदेशमा रहेका कामदारले सम्बन्धित मुलुक हेर्ने नेपाली कुटनीतिक नियोगबाट बढीमा दुई पटक श्रम स्वीकृति लिनसक्ने व्यवस्था गरिएको छ। यसका लागि कामदारले कार्यविधि र निर्देशिकाले तोकेका कागजपत्र भने पेस गर्नुपर्ने छ।

 

एउटा कामदारले यसरी विदेशबाटै पुनः श्रम स्वीकृति बढीमा दुईपटक लिन पाउने छ। त्यो भन्दा बढी लिन पाइने व्यवस्था भए धेरै कामदार पलायन हुने डरले सरकारले यो व्यवस्था गरेको मन्त्रालयले स्पष्ट पारेको छ।

 

यसअघि पुनः श्रम स्वीकृतिका लागि १ महिना अघि नेपाल फर्किनुपर्ने बाध्यता रहेको थियो। यही व्यवस्थाका कारण कतिपय नेपालीहरु अवैध भएर काम गरिरहेको सरकारी अध्ययनले नै देखाएका छन्।

 

Published: 24 December 2018 | Setopati

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024